चेल्सी र पीएसजी सेमिफाइनलमा


१ बैशाख २०७८, बुधबार
chelis

काठमाडौं, १ बैसाख । इङ्लिस फुटबल क्लब चेल्सी र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गए राति भएको क्वार्टर फाइनल दोस्रो लेगको खेलमा पोर्चुगलको एफसी पोर्टोसँग १–० ले पराजित भए पनि समग्रमा २–१ को जित निकाल्दै चेल्सी सेमिफाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा चेल्सीले पोर्टोलाई २–० ले हराएको थियो ।

गए राति नैं भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखलाई स्तब्ध बनाउँदै फ्रान्सको पिएसजी पनि सेमिफाइनलमा उक्लियो । फ्रान्समा भएको दोस्रो लेगको खेल वायर्न म्युनिखले १–० ले जित्यो । पहिलो लेगमा पिएसजी ३–२ ले विजयी भएको अवस्थामा दोस्रो लेगपछि खेल ३–३ गोलको बराबरीमा पुग्यो ।

यसपछि अवे गोलको आधारमा पिएसजी सेमिफाइनलमा पुग्दा साविक विजेता बायर्न निरास हुनुपर्‍यो । च्याम्पियन्स लिगका बाँकी दुई क्वाटरफाइनल खेल आज राति हुनेछन् । आज जर्मनीको बोरुसीया डर्टमण्डले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्दा अर्को इङ्लिस क्लब लिभरपुलले स्पेनको रियाल मड्रिडसँग खेल्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७