त्रिदेशीय क्रिकेट श्रृंखला : १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

१४१ देशबाट प्रत्यक्ष प्रसारण हुने


१ बैशाख २०७८, बुधबार
2ae98c3bfd4bcb9812f26a673260c799 w1000 h500 cp 1

काठमाडौं, १ बैसाख । नेपालसँगै नेदरल्याण्ड र मलेसिया सम्मिलित बजाज पल्सर ट्राई नेसन टी २० सिरिज (त्रिदेशीय क्रिकेट श्रृंखला)का लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार श्रृंखलाका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टोलीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान मल्लसहित, उपकप्तान दिपेन्द्र सिंह ऐरि, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनास वोहोरा, आरिफ सेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरि र सुसन भारी छन् ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल दिउँसो सवा १ बजे शुरु हुनेछ । श्रृंखलाका लागि नेदरल्याण्ड र मलेसियाको टोली हिजो मगंलबार नै नेपाल आइसकेका छन् ।

t20 series nmn1

श्रृंखलाको पहिलो खेलमा नेपालले शनिबार नेदरल्याण्डसँग खेल्ने छ । दोस्रो खेलमा सोमबार मलेसियासँग, तेस्रो खेलमा नेदरल्याण्ड र चौथो खेलमा मलेसियासँग खेल्ने छ । श्रृंखलाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् ।
१४१ देशबाट प्रत्यक्ष प्रसारण हुने
यसैबीच त्रिकोणात्मक टि–२० श्रृंखलाको विश्वका १४१ देशबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघले विश्वब्यापी गर्दै १ सय ४१ देशबाट लाइभ हेर्न सकिने जनाएको छ । नेपालमा प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ ।

भारतमा यूरोस्पोट्र्स, फ्यानकोड, बंगलादेशमा टि स्पोर्ट्स र अष्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान र श्रीलंका स्पोट्र्स फ्लिकबाट हेर्न सकिने छ । दक्षिण अफ्रिका सम्पूर्ण देशमा स्पोर्ट्स फ्लिकलेबाटनै हेर्न सकिने छ । सेन्ट्रल यूरोप फ्रि स्पोर्ट्स, साउथ एण्ड सेन्ट्रल अमेरिका स्पोर्ट्स फ्लिक र साउथ इस्ट एसिया तय हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७