सुदूरपश्चिममा थप १४ जनामा कोरोना संक्रमण


१ बैशाख २०७८, बुधबार
korona

कैलाली, १ बैसाख । सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट थप १४ जनामा संक्रमण पुष्टी भएको हो । ७३ नमुनाको परीक्षण गर्दा थप १४ जनामा कोरोना पोजिटिभ पुष्टी भएको अस्पताल स्रोतले जनाएको छ ।

पुष्टि हुनेमा धनगढीका ४ महिला, ६ पुरुष, कञ्चनपुर भिमदत्तका १ पुरुष, २ महिला र कैलाली गोदावरीका १ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । ५९ नमुना भने नेगेटिभ आएको उनले बताए । कोरोना संक्रमितमध्ये २ जना भेन्टिलेटर, १ जना आइसियु र २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य होम आइसोलेसनमा बसेको श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७