काठमाडौं उपत्यकामा २५४ सहित थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : April 14, 2021

काठमाडौं, १ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २८९ जनाको परीक्षण गर्दा ६०५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ । पछिल्लो केहि दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्