माथिल्लो तामाकोशी आयोजनाको ढिलाइप्रति प्रधानमन्त्रीको आक्रोश, भने, ‘अब सहिन्नँ’


२ बैशाख २०७८, बिहीबार
kp oli cover

काठमाडौं, २ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वभाविक ढिलाइ भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ओलीले माथिल्लो तामाकोशीको हाइड्रोपावर कम्पनीले काममा अस्वाभाविक रुपमा ढिलासुस्ती गरेको भन्दै अब यस्तो ढिलासुस्ती नसहने समेत चेतावनी दिए ।

नापी विभागद्वारा आयोजित ‘मेरो कित्ता’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले अबको जोड पेट्रोल, डिजेलभन्दा विद्युततर्फ रहने बताए । यस सन्दर्भमा माथिल्लो तामाकोशीलाई सरकारले अब विशेष चासोका साथ हेर्ने उनको भनाइ छ ।

ओलीले भने, ‘मैले एक वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ । एक वर्ष अगाडि त्यही सुनें, ६ महिना अगाडि त्यही सुनें, ३ महिना अगाडि, एक महिना अगाडि पनि त्यही सुनेको हो । जबकी एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’

अब यस आयोजनालाई आफूले विशेष ध्यान राख्ने उनले बताए । ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं । अपर तामाकोशीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडान गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७