ऋतिककै लागि मुम्बईमै बनाइयो १० करोडको ‘बिहार’


११ फाल्गुन २०७४, शुक्रबार
Hritik 1

काठमाण्डौं, ११ फागुन : बलिउड नायक ऋतिक रोशन चाँडै फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भूमिकामा देखिने भएका छन् । उक्त फिल्मको सुटिङ शुरु भइसकेको छ । फिल्म मुम्बई र पटनामा सुटिङ हुने निर्माण युनिटले जनाएको छ ।Hritik 1

निर्माण युनिटका अनुसार जाडो सकिन लागेकाले उत्तर प्रदेशमा गर्मी मौसम शुरु भइरहेको छ । गर्मीमा ऋतिक पटनामा रहेर सुटिङमा सहभागी हुन नसक्ने भएपछि उनको सुविधाका लागि मुम्बईमै १० करोडको लागतमा विहार बनाइने चलचित्र युनिटले जनाएको छ । यसको मतलब के हो भने मुम्बईमै ‘आनन्द कुमार’ का लागि १० करोडमा अर्को बिहार बनाइने छ ।

अहिले पहिलो चरणमा उत्तर प्रदेशको वाराणसीमा सुटिङ भइरहेको छ । वाराणसीमा छिट्टै सकेर सुटिङ टोली मुम्बई जाने बताइएको छ ।
उक्त फिल्मको ऋतिकले साइकलमा पापड बेचिरहेको तस्बिर हाल सालै इन्टरनेटमा निकै भाइरल भएको छ । फिल्ममा उनले चर्चित गणितिज्ञ आनन्द कुमारको भूमिका निभाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७