सिइडिबी हाइड्रोपावरले पायो आइपिओ निष्कासनको अनुमति


२ बैशाख २०७८, बिहीबार
IPObanking

काठमाडौं, २ बैशाख । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आइपिओ) निष्कासनको लागि अनुमति पाएको छ।

कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता सर्वसाधारण समूहको सेयर जारी गर्नेछ। कुल ८३ लाख ९४ हजार १ सय कित्ता सेयर जारी भएको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागेको हो। ७० प्रतिशत सेयर संस्थापक समूहको छ। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटलले जिम्मा लिएको छ। कम्पनीले अबको २ महिनाभित्र सर्वसाधारणलाई आइपिओ जारी गर्नेछ।

कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारेखोला, ५ मेगावाटको रुकुम गढ हाइड्रोपावर तथा १२ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक आयोजना बनाउने छ। ४.४ मेगावाटको राधी स्मल हाइड्रोपावर र ४ मेगावाटको खुदी हाइड्रोपावर संचालनमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो। सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७