बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


३ बैशाख २०७८, शुक्रबार
gold

काठमाडौं, ३ बैसाख । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । आज (शुक्रबार) सुनको मूल्य तोलामा ७ सय बढेको छ ।
बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँ बढेको हो ।

योसँगै आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । विहेबारीको सिजन शुरु भएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७