कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय


३ बैशाख २०७८, शुक्रबार
kathmandu mahanagarpalika

काठमाडौं, ३ बैसाख । विद्यार्थी–शिक्षकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।

काठमाडौं महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।
महानगरपालिकाको सूचना जारी गर्दै कुनै विद्यालयका शिक्षक तथा विद्यार्थी संक्रमित भएको पाइएमा विद्यालयहरु अर्को सूचना जारी नभएसम्म एक साताका लागि विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गराउन अनुरोध गरेको छ ।

बिहीबार पुतलीसडकस्थित पद्मोदय माविका कक्षा १० का एक विद्यार्थीमा पनि कोरोना पुष्टि भएको थियो । अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरोकारवालाको बैठक बसिरहेको छ । बैठकमा शिक्षण संस्थामा कोभिड–१९ ले पारेको असर र आगामी दिनमा अपनाउनुपर्ने विषयका बारेमा निर्णय हुने बताइएको छ ।
हेर्नुस् सूचना

maha 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७