यस्तो रह्यो ओलीको बुढेसकालको ‘बर्थडे’


११ फाल्गुन २०७४, शुक्रबार
oli birthday

काठमाण्डौं, ११ फागुन : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार ६६ औं जन्मदिन मनाइएको छ ।
भर्खरै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको जन्मदिनलाई एमालेले विशेष रुपमा लिएको छ । शुक्रबार बिहान बालुवाटारमा शुरु भएको स्थायी समिति बैठकमा एमाले नेताहरुले केक काटेर जन्मदिन मनाएका छन् ।oli birthday

ओलीको जन्मदिनमा खुशीयाली मनाएपछि एमालेको बैठक शुरु भएको नेताहरुले जनाएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिन चाहने कार्यकर्तालाई भने चार बजेपछि बालुवाटार बोलाइएको छ । ओलीको जन्म २००८ साल फागुन ११ गते तेह«थुममा भएको हो । उनको बुवाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु ओली हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७