अन्नपूर्ण शिखर चुम्दै चार नेपाली महिलाले रचे नयाँ कीर्तिमान


३ बैशाख २०७८, शुक्रबार
05bd576c64c370471e632532b737bba3 w1000 h500 cp

काठमाडौं, ३ बैसाख । अन्नपूर्ण (पहिलो) हिमालको शिखर चुम्दै चार नेपाली महिलाले नयाँ कीर्तिमान रचेका छन् ।
नेपाली महिलाले यो हिमाल चढेको पहिलोपल्ट हो । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पा शिखरमा पुगेका हुन् ।

चार जना नेपाली महिला अन्नपूर्ण हिमालको शिखरमा पुगेको सेभेन समिट ट्रेकिङ एजेन्सीका छाङ दावा शेर्पाले जानकारी दिएका छन् । उनी बेसक्याम्प मेनेजरका रुपमा सोहि हिमालको बेस क्याम्पमा रहेका छन् । सो टोलीमा ६ जना महिला आरोहणमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७