काठमाडौं प्लाजा शिल


३ बैशाख २०७८, शुक्रबार
kathmandu plaja2020 06 14 05 10 58

काठमाडौं, ३ बैसाख । नेपाल ट्रस्टले काठमाडौं प्लाजा शिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समय सीमासम्म पनि खाली नभएपछि ट्रस्टले बिहीबार प्लाजा शिल गरेको हो । शिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् ।

प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपाल ट्रस्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७