गोपाल किरातीले प्रचण्डलाई दिए धन्यवाद


११ फाल्गुन २०७४, शुक्रबार
Gopal Kirati Prachanda

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)को पार्टीबाट निष्कासित गरेपछि गोपाल किरातीले प्रचण्डलाई व्यङगत्मक धन्यवाद दिएका छन् । Gopal Kirati Prachanda
बिहीबार साँझ बसेको माओवादी केन्द्र कार्यालय बैठकले पार्टीबाट निष्कासित गरेकोप्रति नेता गोपाल किरातीले आपत्ति जनाउँदै शुक्रबार विज्ञप्ति निकालेर ‘कथित कारबाही’का लागि प्रचण्ड कम्पनीलाई धन्यवाद भनेका हुन्. ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ ।’

पूर्व् मन्त्री तथा पार्टीकाे पाेलिष्टव्यूराे सदस्य समेत रहेका उनले प्रचण्डले माओवादी पुर्नगठन गर्नुपर्ने कारणबारे एक पटकपनि सुनुवाइको मौका नदिउको प्रति समेत आपत्ति जनाएका छन्। ‘माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।’ उनले भनेका छन्, ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो।’

उनले आफु माथिको कार्वाही माओवादी विज्ञान र पहिचानको मुद्धामाथिको कार्वाही भएको प्रष्ट आरोप लगाए । उनले भनेका छन्, ‘किनकी उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो’

उनले प्रचण्डसहितका नेता एमालेकरण भइसकेकाले माओवादीमा नभएको भन्दै किरातीले अब प्रतिक्रान्तिकारी हर्कतविरुद्ध सबैलाई जुट्न समेत आह्वान गरेका छन् । ‘एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु’, किरातीले थप भनेका छन, ‘पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु ।’

माओवादी केन्द्रको बिहिबार बसेको बैठक पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुती’ र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको थियो ।

नेता किरातीले माओवादी केन्द्र पुन गठन गर्न आह्रवान गर्दै मंगलबार विज्ञप्ती जारी गरेका थिए । यस्तै आहुतीले  आफू एकता प्रक्रियामा नरहेको भन्दै नयाँ कम्युनिष्ट आन्दोलन सुरु गर्ने बताए थिए । भने नेता विष्टले पनि एकता प्रक्रियाको बिरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७