कस्ता छोरा, आमाको गरे निर्मम हत्या


११ फाल्गुन २०७४, शुक्रबार
kutpit
सांकेतिक तस्वीर

सिरहा, ११ फागुन : नेपाली समाजमा आमालाई भगवान सरह मानिन्छन् । अनेक कष्ट सहेर दशधारा दूध खुवाएर हुर्काएकी आमा इश्वर भन्दा ठूला मान्नु पर्छ । तर, यहि संसारमा यस्ता आमा छन् जो आफ्नै छोराबाट प्राण त्याग्नु पर्छ ।kutpit

सिरहा लक्ष्मीपुर गाउँपालिका–४ मा छोराको छड प्रहारबाट एक आमाले ज्यान गुमाउनु परेको छ । स्थानीय २८ वर्षीय राम दास ततमाले घरायसी विवादका कारण आफ्नै ४५ वर्षीय आमा ज्ञानदेवी दास तत्मा र १६ वर्षीय बहिनी सुनिताकुमारी दास तत्मालाई बुधबार अपरान्ह फलामे डण्डीले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

छड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी आमाको उपचारको क्रममा विराटनगरमा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गम्भीर घाइते सुनिताको भइरहेको छ । छड प्रहार गर्ने राम दास ततमालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७