एमालेले ‘फ्लोर क्रस’ गर्दा कर्णालीका मुख्यमन्त्री शाहीको जोगियो पद


३ बैशाख २०७८, शुक्रबार
mahendra bahadur shahi

सुर्खेत, ३ बैसाख । एमालेले ‘फ्लोर क्रस’ गर्दा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । आज (शुक्रबार) बसेको प्रदेशसभाको बैठकको दोस्रो सत्रमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन् । उनको पक्षमा २२ मत परेको छ । प्रदेश सभामा ३९ सांसद छन् । जसमा एमाले १९, माओवादी केन्द्र १२, नेपाली कांग्रेस ६ र राप्रपाका १ सांसद रहेका छन् ।

उनीविरुद्धको अविश्वासको प्रस्ताव फेल भएपछि शाहीको प्रदेश सरकारले निरन्तरता पाउने भएका हुन् । कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई नेकपा एमालेले आजै कारबाही गर्ने भएको छ । कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले कुरा गर्दै आजै कारबाही गरिने बताए ।

माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए । ‘पार्टीको ह्वीप उल्लंघन गर्नेलाई आजै कारबाहीको सिफारिस गरिनेछ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७