कर्णालीमा मतदान अघि–पछि के–के भयो ? यसरी छुट्टिए कँडेलसँग ज्वाला


४ बैशाख २०७८, शनिबार
kadel jwala LMKi3V7ZPV

सुर्खेत, ४ बैसाख । कर्णाली प्रदेशका एमाले सांसद प्रकाश ज्वालासहितका ‘फ्लोर क्रस’ गर्ने सांसदहरु शुक्रबार विहान करिब ११ बजेसम्म मुख्यमन्त्रीको निवासमै थिए ।

उता एमाले संसदीय दलको कार्यालयमा दलको बैठकले उनीहरुलाई कुरिरहेको थियो । मुख्यमन्त्री निवासबाट निस्किएर उनीहरु बैठकमा सामेल भए । बैठकमा ज्यालाले संसदीय दलका निर्णय मान्ने संकेत गरेका थिए । फ्लोर क्रस गर्ने सांसदद्वय कुर्मराज शाही र अमरबहादुर थापाले भने विश्वासको मतलाई परास्त गर्ने भाषण गरेका थिए । त्यही बैठकले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।

बैठकबाट निस्केर प्रदेशसभा बैठक कक्षमा पुगेपछि भने उनी दलका नेता यामलाल कँडेलको दायाँतिर बसे । मतदान गरेपछि भने उनी पछाडिको लाइनमा गएर बसेका थिए । फ्लोर क्रस गरेका अन्य सांसद पनि ज्वालासँगै पछाडिको लाइनमा गएर बसे । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७