राउल क्यास्ट्रोको राजीनामा, परिवारको ६ दशक लामो सत्ता नेतृत्वको अन्त्य


४ बैशाख २०७८, शनिबार
castro2

काठमाडौं, ४ बैसाख । क्युवाका कम्युनिष्ट नेता राउल क्यास्ट्रोले क्युबन कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिएका छन् । क्यास्ट्रोको राजीनामासँगै सो परिवारको विगत ६ दशकदेखिको सत्ता नेतृत्व अन्त्य हुने भएको छ ।

८९ वर्षका क्यास्ट्रोले पार्टीको कंग्रेसमा आफूले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएको बीबीसीले जनाएको छ । आफूले पूरै लगन र साम्राज्यवादी भावना विपरीत रहेर नेतृत्व हस्तान्तरणको निर्णय लिएको राउल क्यास्ट्रोले बताएका छन् । उनको ठाउँमा नयाँ नेतृत्व चयनका लागि पार्टीको चार दिने कंग्रेसको अन्तिम दिन मतदानबाट चयन हुने बताइएको छ ।

योसँगै उनका दाइ फिडेल क्यास्ट्रो र उनको औपचारिक नेतृत्वको लहर अन्त्य हुने बताइएको छ । सन् १९५९ को क्रान्तिपछि क्युवामा क्यास्ट्रो परिवार सत्तामा रहँदै आएको छ । हवानामा भएको पार्टीको सम्मेलनमा नेता राहुल क्यास्ट्रोले राजीनामाको घोषणा गरे पनि नेताका रुपमा कसलाई समर्थन गर्ने भन्ने खुलाइएको छैन ।

तर सन् २०१८ मा राष्ट्रपति बनेका मिगुएल डिआस–कनेल क्युबन कम्युनिष्ट पार्टीको नेता चयन हुने अपेक्षा छ । यससँगै सन् १९५९ पछि पहिलो पटक क्यास्ट्रो परिवार भन्दा बाहिरकाले क्युवाको नेतृत्व गर्ने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७