भारतमा कोरोना भयावह : एकै दिन दुई लाख ३४ हजार संक्रमित


४ बैशाख २०७८, शनिबार
india korona

नयाँदिल्ली, ४ बैसाख । भारतमा कोरोना भाइरस संक्रमणले भयावह रुप लिंदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार ६९२ कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधिमा त्यहाँ एक हजार ३४१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ४५ लाख २६ हजार पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ७५ हजार ६४९ पुगेको छ । भारत यतिबेला विश्वमै कोरोनाबाट ग्रस्त दोस्रो राष्ट्र हो । तर यो अहिले कोरोनाको हटस्पट हो किनभने यहाँ दैनिक कोरोना संक्रमित तर विश्वमै उच्च छ ।

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण तिव्र बढेपछि मुख्यमन्त्री अरविन्दकेजरीवाल अगुवाईमा शनिबार महत्वपूर्ण बैठक बस्दैछ । बैठकमा शिक्षा मन्त्री मनिष सिसोदिया र स्वास्थ मन्त्री सत्येंन्द्र जैनसहित विभिन्न महत्वपूर्ण अधिकारीहरु सहभागी हुँदैछ ।
शुक्रबार दिल्लीमा एकै दिन अहिलेसम्मकै सर्वाधिक १९ हजार ४ सय ८६ जनामा संक्रमण देखिएको थियो, १४१ जनाको मृत्यु भएको थियो ।

दिल्लीमा यस सप्ताहन्तका लागि शुक्रबार रातिदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरिसकिएको छ । ठाउँ–ठाउँमा प्रहरीले चेकजाँच गरिरहेका छन् । नियम तोड्नेहरूलाई २ हजार जरिवाना पनि तोकिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७