सर्वदलीय बैठक : संसदलाई बन्धक बनाएको भन्दै सभामुखमाथि खनिए प्रधानमन्त्री


४ बैशाख २०७८, शनिबार
765d78299b61f998df6d82e9282080d7 w1000 h500 cp

काठमाडौं, ४ बैसाख । आफूले डाकेको सर्वदलीय वैठकमै प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटामाथि खनिएका छन् ।
संसदीय काम कारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाउँदै उनकै कारण संसद बन्दक बनेको ओलीले आरोप लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बोलाइएको सर्वदलीय बैठकमा ओलीले सभामुखको अराजकताले सरकारले कामै गर्न नसकेको समेत आरोप लगाएका छन् ।

बैठकमा सहभागी भएर बाहिरिएका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओलीले सभामुखको भूमिकामाथि प्रश्न उठाएको जानकारी दिए । ‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनु भएन भन्ने प्रधानमन्त्रीको भनाइ रह्ययो’, डा. लोहनीले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै जानकारी दिए, ‘यसको निकास कसरी खोज्ने भनेर दलहरुसँग राय माग्नुभयो । सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो ।’

बैठकमा आफूले राजनीतिक विकास खोजेर कोरोना नियन्त्रणलगायतका महत्वपूर्ण काममा लाग्न सरकारलाई सुझाव दिएको डा. लोहनीले बताएका छन् । बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका थिए । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय वैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष सहभागी भएका छैनन् । यस्तै जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि वैठकमा सहभागी छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७