प्रचण्डले पार्टी छाडे, अब पार्टी हामी चलाउँछाैं : गोपाल किराती


११ फाल्गुन २०७४, शुक्रबार
Gopal Kirati Prachanda

काठमाण्डौं, ११ फागुन : नेकपा माओवादी केन्द्रको कार्वाहीमा परेका नेता गोपाल किरातीले आफूहरु नै माओवादी केन्द्रको आधिकारिक नेता–कार्यकर्ता भएको दावी गरेका छन् ।Gopal Kirati Prachanda

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब पार्टीको अध्यक्षको हैसियतमा नभएको समेत आरोप लगाएका छन् । नेता किरातीले नेकपा एमालेसँग पार्टी एकीकरणको सम्झौता गरेसँगै प्रचण्डको पार्टीको हैसियत हराएको बताएका छन् । पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सात बुंदे सहमति गरेपछि पार्टी छाडेर गएको बुझिने बताउँदै नेता किराँतीले भने–‘उहाँले पार्टी छाडेर जानु भयो, अब माओवादी केन्द्रलाई हामी नेतृत्व दिन्छौं ।’ उनले अब आफूहरु प्रचण्डको सामन्तवादबाट मुक्त भएको बताउँदै अब पार्टीलाई नयाँ सोंच र गतिमा अघि बढाउने दावी गरेका छन् ।

प्रचण्डले विलयको बाटो रोजेको आरोप लगाउँदै नेता किरातीले अब पार्टी पुनर्गठनको बाटो खुलेको पनि बताएका छन् । आफूले पार्टीमा दुई लाइन संघर्षको माग गरेको भए पनि प्रचण्डले सुनुवाई नगरेको बताउँदै भने–‘प्रचण्डले कार्वाही गरेको भनेकामध्ये केहि साथी पहिल्यै स्वतन्त्र हुनुहुन्थ्यो ।’ नेकपा माओवादी केन्द्रले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गोपाल किराती, लोकेन्द्र विष्ट, आहुतीलाई कार्वाही गर्दै पार्टीबाट निष्कासन गरेको हो । झण्डै एक महिनाअघि १८ जना पोलिटव्यूरो सदस्यहरुले गोपाल किरातीलाई पार्टीले कार्वाही गर्नुपर्ने भन्दै माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७