काठमाडौंमा देवरले गरे भाउजुको हत्या, आफैं गए प्रहरी कार्यालय


५ बैशाख २०७८, आईतवार

काठमाडौं, ५ बैसाख । काठमाडौंमा देवरले भाउजुको हत्या गरेका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल गर्ने मोहन राजभण्डारीले भाउजु रोशनी राजभण्डारीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

४८ वर्षीय मोहनले फलामको गलले हिर्काएर भाउजुको हत्या गरेको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ । हत्यापछि उनी शनिबार साँझ साढे ७ बजेतिर आफैं महानगरीय प्रहरी परिसरको कार्यालय (टेकु) पुगेका थिए ।

देवरको गल प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका लागि ट्रमा सेन्टर लगिएकी ४८ वर्षकै रोशनीलाई चिकित्सकले शनिबार राति ८ बजे मृत घोषणा गरेका थिए । हत्या गर्ने मोहनलाई महानगरीय प्रहरी वृत (नयाँ बानेश्वर) को नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७