मेसी चम्किँदा बार्सिलोनालाई कोपा डेल रे उपाधि


५ बैशाख २०७८, आईतवार
thumb 9

काठमाडौं, ५ बैसाख । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गरेपछि एथलेटिक बिलबाओलाई शनिबार ४–० ले हराएर कोपा डेल रेको उपाधि जितेको छ । त्यसमा लियोनल मेसीले दुई गोल गरे ।

खेलको ६० मिनेटसम्म गोलरहित बराबरी रहेपछि बार्सिलोनाका लागि एन्टोन ग्रिजमनले पहिलो गोल गरे । लगत्तै फ्रेन्क डे जङले दोस्रो गोल थपे । त्यसपछि मेसीले लागि दुई गोल गरे ।

क्लबको प्रशिक्षकका रूपमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । यस्तै यो बार्सिलोनाले सन् २०१९ यता हात पारेको पहिलो उपाधि पनि हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७