भेरी अस्पतालमा तीन घण्टाभित्रै तीन कोरोना संक्रमितको मृत्यु


५ बैशाख २०७८, आईतवार
veri hospital

बाँके, ५ बैसाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन घण्टाभित्रै तीन कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको ज्यान गयो ।

शनिबार राति साढे ९ बजे नै दैलेखको नारायण नगरपालिका–१ की ६८ वर्षीया महिलाको पनि मृत्यु भएको भेरी अस्पताल स्रोतले बतायो । यससँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । कोरोना संक्रमणबाट बाँके जिल्ला निवासी ६० जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७