बालिका बलात्कार आरोपमा किशोर पक्राउ


५ बैशाख २०७८, आईतवार
Rape for nayapage

सप्तरी, ५ बैसाख । बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–७ बलुवा घर भएका सुनिलकुमार यादवलाई पक्राउ गरेको छ ।

१९ वर्षीय सुनिलले १५ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बालिका बलात्कार गरेर भागेका उनलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७