बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


५ बैशाख २०७८, आईतवार
gold

काठमाडौं, ५ बैसाख । नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिनबाट सुनको भाउ फेरि बढ्न थालेको छ ।

हप्ताको पहिलो दिन आज तोलामा २ सय रुपैयाँले बढेर सुनको भाउ ९० हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

अस्ति तोलामा सुनको भाउ ९० हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७