प्रदेश–१ को हिउँदे अधिवेशन अन्त्य


५ बैशाख २०७८, आईतवार
pradesh 12021 01 21 09 24 43

विराटनगर, ५ बैसाख । प्रदेश–१ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज (आइतबार) राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि छलफल हुन सकेन ।

धेरै बैठकहरु सूचना टाँस गरेर स्थगित भएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेशसभाबाट अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७