प्रधानमन्त्री पदका लागि लालायित छैन, राजनीतिक परिस्थिपित बने पछि हट्दिन : देउवा


५ बैशाख २०७८, आईतवार
deuwa

काठमाडौं, ५ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

आज (आइतबार) आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् । तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताए । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निउ नखोज्ने पनि सभापति देउवाले बताए ।

आफूहरु प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि बताए । उनले भने, ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यसमानेमा अहिले बहुमतकै सरकार छ । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन ।’

सभापति देउवाले प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री पदको लागि लालायित नरहेको स्पष्ट पारे । ‘तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७