‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’


५ बैशाख २०७८, आईतवार
dila

बागलुङ, ५ बैसाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलालाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिएकी छन् ।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिइन् । ‘एमसीसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन’ उनले भनिन् ।

उनले वर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै काँग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘गण्डकी प्रदेश समेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ ।’ कोरोना जोखिम समेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७