मलेसियालाई नेदरल्याण्डले दियो १९२ रनको लक्ष्य


५ बैशाख २०७८, आईतवार

काठमाडौं, ५ बैसाख । काठमाडौंमा जारी टी–२० त्रिकोणात्मक श्रृंखलाअन्तर्गतको दोस्रो खेलमा नेदरल्याण्डले मलेसियासामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९१ रनको योगफल तयार पारेको हो । म्याक्स ओ डउड र वेन कुपरले ६९ बलको सामना गर्दै १२५ रनको साझेदारी गरे । ७३ बलको सामना गरेका ओपनर डउडले १३३ रनको अविजित पारी खेले। उनले १५ चौका र ६ छक्का प्रहार गरे ।

योसँगै डउड नेदरल्याण्ड्सका लागि टि–२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने। ओ डउडले ५९ बलमा शतक हानेका थिए । यसअघि वर्तमान कप्तान पिटर शिलारको ९६ रनको स्कोर नै सर्वाधिक थियो। उनले १५ चौका र ६ छक्का प्रहार गरे । कुपरले २० बलमा २ चौका मद्दतमा २० रनमा नटआउट रहे ।

अर्का ओपनर टोबियस भिसे १ रनमा पवेलियन फर्के। स्कट एडवर्डसले ३१ रन जोड्दा एलबीडब्लु धरापमा परे । न्युजिल्याण्डका ब्याट्सम्यानसामु निरिह देखिएका मलेसियाका पवनदिप सिंह र अन्वर रहमानले समान एक एक विकेट लिए । मलेसियाका सैयद अजीजले आफ्नो स्पेलमा ४७ रन खर्चे पनि कुनै विकेट हात पार्न सकेनन् । मलेसियाले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७