सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं, कायापलट हुँदैछ : प्रचण्ड


५ बैशाख २०७८, आईतवार
Prachanda

चितवन, ५ बैसाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब केही दिनमा नै नयाँ सरकार बन्ने बताएका छन् ।

आज (आइतबार) चितवनको माडी नगरपालिकामा आयोजित कार्यक्रममा उनले कर्णाली प्रदेशमा सरकार जोगाएको उल्लेख गर्दै केन्द्रमा पनि केही दिनमा कायापलट हुने दावी गरे ।

‘सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं’, उनले भने, ‘केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुनैपर्छ, हुँदैछ । म यो विश्वास दिलाउन चाहन्छु ।’ कार्यक्रममा प्रचण्डले आफू र आफ्नो पार्टीलाई प्रहारको निसानामा राखिएको बताएका छन् । आफ्नो शक्ति सकिएको भन्दै हल्ला चलाइएको पनि उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७