अहिले एमालेको होइन, ओलीको फोटोको प्रचार हुन्छ : विरोध खतिवडा

‘ओलीले आफैले आफैलाई मदन र मनमोहन भन्दा ठूलो घोषित गरे’


५ बैशाख २०७८, आईतवार
birodh khatiwada

मकवानपुर, ५ बैसाख । नेकपा एमालेका सांसद विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र मनमोहन अधिकारीभन्दा आफूलाई ठूलो नेता घोषणा गरेको बताएका छन् ।

आज (आइतबार) मकवानपुरको कार्यकर्ता भेलामा नेता खतिवडाले ओलीले पार्टी र हामी भन्न छोडेर म भन्न थालेको बताए । ‘मैले मनमोहनको समयमा पनि पार्टीमा काम गरें, मदन भण्डारीको समयमा पनि काम गरें । त्यस बेला एउटा नेताका ब्यानर, पर्चा बनाएर फोटो बेच्ने काम भएन’, खतिवडाले भने, ‘अहिले त जहाँ जानुस् एमालेको होइन, केपी ओलीको फोटो प्रचार हुन्छ ।’

उनले पार्टीका सभा–सम्मेलनमा समेत नेकपा जिन्दावाद, एमाले जिन्दावाद भन्न छोडेर महान् राष्ट्रवादी नेता केपी ओली लेख्न थालिएको बताए । ‘पार्टीको सभा हुन्छ, महान् राष्ट्रवादी नेता केपी ओली रे नारा, बरु केपी ओली आई लभ यूको नारा लाग्ने, नेकपा एमाले जिन्दावाद भन्नै नसक्ने’, खतिवडाले भने, ‘उहाँलाई ज्ञानेन्द्रको स्थान चाहिएको छ । मैले चुनाव जिताएको, मैले जति कसले जानेको छ ? मैले बोलिसकेपछि प्रश्न उठाउने को ? यस्तो भावनाले उहाँलाई ग्रस्त पारेको छ ।’

हामीले निर्वाचित गरेका अध्यक्षले पार्टी बिर्सिएर म भन्न थालेको भन्दै भाषण गरेका खतिवडाले ओलीले चाकडीबाजहरुलाई मात्र वरिपरी राख्ने गरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७