पर्सामा कोरोना संक्रमित महिलाको मृत्यु


५ बैशाख २०७८, आईतवार
narayani hospita
dav

पर्सा, ५ बैसाख । पर्सामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । आइतबार वीरगञ्ज महानगरपालिका– १० बस्ने ५१ वर्षीय महिलाको मृत्यु भएको हो । ती महिलालाई शनिबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका कोभिड कोअर्डिनेशन डा.सरोजरोशन दासले जानकारी दिए ।

महिलालाई अस्पताल भर्ना गरिए लगत्तै पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ । आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७