काभ्रेमा नेपाल–खनाल पक्षको समानान्तर कमिटी


५ बैशाख २०७८, आईतवार
196cd142 ea0f 4ebf 946f a7da64fa11db AJJt6AyTsr

काभ्रे, ५ बैसाख । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले काभ्रेमा समानान्तर कमिटी गठन गरेको छ । बनेपामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलाबाट टोकबहादुर वाइवाको अध्यक्षतामा २११ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।

साथै पालिकास्तरको समानान्तर कमिटीका साथै युवा, विद्यार्थी, किसानलगायतका संगठनको पनि जिल्ला कमिटीको घोषणा गरिएको खनाल–नेपाल समूहले जनाएको छ । भेलामा वरिष्ठ नेता माधव नेपाल, नेत्री अष्टलक्ष्मी शाक्यसहित कृष्ण प्रसाद सापकोटा, विदुर सापकोटालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७