बढ्यो खतरा : उपत्यकामा ४३५ सहित १,०९६ संक्रमित थपिए, आठको मृत्यु


५ बैशाख २०७८, आईतवार

काठमाडौं, ५ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आइतबार) गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले १,०९६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको हो भने ८५३ जनाको एन्टिजेन परक्षिणका क्रममा ८१ जनामा संक्रमण देखिएको डा. गौतमले बताए । काठमाडौं उपत्यकामा आज ४३५ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणम मुक्त भएर २६२ जना डिस्चार्ज भएका छन् । नेपालमा आज १४६ जना आईसीयूमा उपचाररत छन् भने ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकालाई कोरोना संक्रमणको जोखिम शून्य हुन्छ भन्ने एक चिकित्सकको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पाँच वर्षमुनिका तीन हजार पाँच सय ६५ जना बालबालिका संक्रमित भइसकेका छन् । आज ५१ बालबालिका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । हालसम्म पाँच वर्षमुनिका १० बालबालिकाको मृत्यु भएको छ । डा. गौतमका अनुसार गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ । पछिल्लो केहि दिनयता नेपालमा दिनहुँजसो कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ । जसका कारण दोस्रो लहरको कोरोनाले नेपालमा पनि खतरा बढाइरहेको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७