वैशाखभित्रै जनकपुर–जयनगर रेल सञ्चालनको तयारी


६ बैशाख २०७८, सोमबार
rail railway janakpur

काठमाडौं, ६ बैसाख । सरकारले २ असोज ०७७ मा जनकपुर ल्याएर राखेका रेल ०७८ वैशाखमा सञ्चलान गर्ने तयारी गरेको छ । जनकपुर आइपुगेको ७ महिनापछि रेल सञ्चालनको अन्तिम तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १ सय जनजा कर्मचारी नियुक्त गरेको छ । त्यस्तै, भारतबाट २६ जना दक्ष जनशक्ति यही हप्तााभित्र आइपुग्ने निश्चित भएको छ । रेल सञ्चालनमा आउनुअघि कर्मचारीलाई दुई हप्ताको तालिम दिने कार्यक्रम छ ।

२५ वैशाखभित्र तालिमको काम सकेर रेल सञ्चालन गरिने तयारी छ । कुनै कारणले रोकिएमा जेठ पहिलो हप्तासम्म लम्बिएला, अन्यथा वैशाखभित्र नै रेल सञ्चलनमा ल्याउने हो, महाप्रबन्धक भट्टराईले भने । पछिल्ला ३ वर्षदेखि जनकपुर जयनगर रेल सञ्चलनको मिति तोक्ने, तर सञ्चालनमा नआउने भइरहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७