एकै दिन ११२ बालबालिका संक्रमित


प्रकाशित मिति : April 19, 2021

काठमाडौं, ६ बैसाख । आइतबार ११२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार शून्यदेखि नौ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिका कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म १८ वर्षमुनिका बालबालिकाहरुलाई कुनै खोप सिफारिस नगरिएकाले बालबालिका प्रताडित हुन सक्ने देखिएको छ । त्यसैले, बालबालिकालाई संक्रमण हुनबाट बचाउन चिकित्सकले सल्लाह दिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्