आठ लाख भूमिहीन, सबैभन्दा बढी बागमती प्रदेशमा


६ बैशाख २०७८, सोमबार

काठमाडौं, ६ बैसाख । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरणअनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ हजार ५ सय २ रहेको छ ।

आयोगले सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट भूमिहीनको तथ्यांक संकलन गरेको थियो । जसअनुसार सातवटै प्रदेशका ७७ जिल्लाका २ सय ८७ स्थानीय तहबाट प्राप्त विवरणअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेको जम्मा संख्या ८ लाख २० हजार ९ सय २० पुगेको आयोगले जानकारी दिएको छ ।

सबैभन्दा बढी भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या बागमती प्रदेशमा १ लाख ८८ हजार ३ सय ६४ रहेको छ भने अव्यवस्थित बसोबास गर्नेको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १ लाख ५३ हजार ६ सय ८ रहेको आयोगले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७