हुरी–बतासले नै भाँचियो निर्माणाधीन पुल


६ बैशाख २०७८, सोमबार
त्रिशुली नदी माथी निर्माणाधिन पुल भाँचियाो 1

धादिङ, ६ बैसाख । हुरीबतासले धादिङको त्रिशूली नदीमा निर्माणाधीन पक्की पुल भाँचिदिएको छ । शनिबार साँझ आएको हुरीबतासले गल्छी गाउँपालिका–४ मासटार र वडा नं. २ केउरेनीटार जोड्ने त्रिशूलीनदी माथि निर्माणाधीन पुल भाँचिदिएको ह्यामलेट होटलका सञ्चालक रामजी मरहठ्ठाले बताए । पुलको दायाँ भाग आरसीसी थियो भने बायाँपट्टिको भाग स्टिलको थियो ।

पुलको बायाँ भाग ८० मिटर लामो स्टिल जडान गरी रंगरोगन गरिसकेको थियो । उक्त पुल निर्माण गर्न २३ करोड ७५ लाखमा २०७३ साल असार ३० गते तुदी, लामा र सपनाले संयुक्तरूपमा सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ मंसिर १३ गते सम्पन्न गर्नुपर्ने थियो । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७