संसद अधिवेशन आजबाट अन्त्य गरिंदै


६ बैशाख २०७८, सोमबार
samsad scaled

काठमाडौं, ६ बैसाख । प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन आज (सोमबार) देखि अन्त्य हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको भूमिसुधार मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिएकी छिन् । मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषद्को सिफारिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्यको घोषणा गर्ने छिन् । गत फागुन ११ गते पुनस्र्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो । तर यसबीचमा विधेयक पासलगायत कुनै काम संसदले गर्न नसकेपछि सरकारले अधिवेशनै अन्त्यको निर्णय गरेको हो ।

आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस हुने भएकाले बर्खे अधिवेशन चाँडै आह्वान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरे पनि त्यसविरुद्ध मुद्दा परेपछि सर्वाेच्च अदालतले संसद् पुन ः स्थापनाको फैसला गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७