भारतमा कोरोनाको भयावह रुप : महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक संक्रमितकोे मृत्यु


६ बैशाख २०७८, सोमबार
korona india 1

नयाँदिल्ली, ६ बैसाख । भारतमा कोरोना महामारीले भयावह रुप लिएको छ । भारतमा दिनहुँ कोरोना संक्रमण तीव्र बन्दै गएको छ । कोरोनाबाट सर्वाधिक प्रभावित बनेको महाराष्ट्रमा प्रत्येक घण्टा दुई हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । आइतबार महाराष्ट्रमा कोरोना भाइरसको ६८ हजार ६३१ नयाँ बिरामी फेला परेका छन् ।

हालसम्म महाराष्ट्रमा कोरोनाको कुल ३८ लाख ३९ हजार ३३८ मामिला देखा परेका छन् । आइतबार महाराष्ट्रमा कोरोनाका कारण ५०३ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७