बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


६ बैशाख २०७८, सोमबार
gold

काठमाडौं, ६ बैसाख । नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । आइतबारको तुलनामा आज सुन तोलामा ३ सय रुपैयाँले बढेको छ ।

सोमबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिन आइतबार तोलामा २ सय रुपैयाँले बढ्दा प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने दुई दिनदेखि प्रतितोला १३ सय रुपैयाँमा स्थिर छ ।

अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा गिरावट आए पनि स्थानीय बजारमा भने मूल्य घटबढ भएको छैन । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतिऔंस १७७७.८५ डलर र चाँदी २५.८१ डलरमा कारोबार भएको छ । आइतबार सुन १७७७ .२९ डलर र चाँदी प्रतिऔंस २५.९६ डलरमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७