बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु


६ बैशाख २०७८, सोमबार
korona 4

बाँके, ६ बैसाख । बाँकेमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राति मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार राति १२ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

मृतक व्यक्ति दीर्घरोगी (पक्षपात) को रोगी भएको, उपचारका लागि भारत गई वैशाख ४ गते नेपाल फर्केका थिए । वैशाख ५ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । स्वास्थ्यमा सुधार नहुने संकेत देखिएपछि अस्पतालकै सिफारिसमा परिवारको सल्लाहमा परिवारका सदस्यले घरमै लगेर राखेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७