लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


६ बैशाख २०७८, सोमबार
shankar pokhrel scaled

बुटवल, ६ बैसाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकाे स्रोतले जानकारी दिएको छ । ‘हामी अहिले प्रदेश सभाको सचिवालयमा छौं, दर्ता भएकाे छ,’ माओवादी केन्द्रका एक प्रदेश सांसदले भने ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन् । दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त गरिएको छ । प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७