सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य


६ बैशाख २०७८, सोमबार
kp oli agni sapkota

काठमाडौं, ६ बैसाख । सभामुख अग्नीप्रसाद सापकोटालाई थाहै नदिई सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

सामान्यतया संसद अधिवेशन शुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटन फागुन ११ मा सर्वोच्चले पुनः स्थापना गरेपछि फागुन २३ बाट प्रतिनिधि सभा बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमै सभामुख अग्नि सापकोटाको चर्को आलोचना गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७