मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कारपछि ढुङ्गाले हानेर हत्या


६ बैशाख २०७८, सोमबार

उदयपुर, ६ बैसाख । उदयपुरमा एक मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरिएको छ । प्रहरीले हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–७ का २४ वर्षीय राजु अछामेलाई नियन्त्रणमा लिएको छ ।

अछामेले मृतक महिलालाई २०७७ चैत ११ गते साँझ ७ बजे जबरजस्ती नव ज्योति वन क्षेत्रमा लगेर बलात्कार पछि ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेको उदयपुर प्रहरी प्रमुख भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहार गरेको ढङ्गा आरोपितले लगाएको टोपी समेत फेला परेको छ ।

नवज्योति वन क्षेत्रमा घासँ काट्न गएका स्थानीयले टाउकोमा क्षतविक्षत अवस्थामा महिलाको शव देखेपछि वैशाख शनिबार प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले २५–२६ वर्षकी मुर्कुची, ससकौरा, अँधेरी, राजावास लगायतका गाउँमा मागेर खाने मानसिक सन्तुलन ठिक नभएकी तराई मुलकी महिला भएको देखिएको प्रहरी प्रमुख दाहाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७