संसद अधिवेशन अन्त्यबारे कुनै सल्लाह भएको थिएन : सभामुख


६ बैशाख २०७८, सोमबार
agniprasad sapkota

काठमाडौं, ६ बैसाख । सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।
आफ्नै कार्यकक्ष सिंहदरबारमा सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए ।

‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन’, उनले भने । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद अधिवेशन अन्त्य गरेकी छन् । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा संसद अधिवेशन अन्त्य भएको हो । हठात रुपमा गरिएको संसद अन्त्यको अहिले आलोचना भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७