कोरोना संक्रमणबाट २० वर्षीया स्टाफ नर्सको मृत्यु


६ बैशाख २०७८, सोमबार
korona death

बाँके, ६ बैसाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एक स्टाट नर्सको मृत्यु भएको छ ।
भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाका अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।

डा. थापाले भने, ‘कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनअघि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३–४ दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । तीन महिनाको सुत्केरी समेत रहेकी उनको उपचारकै क्रममा आज बिहान करिब १० बजे मृत्यु भएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७