लुम्बिनीमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार सांसदलाई मन्त्री, आजै सपथ


६ बैशाख २०७८, सोमबार

बुटवल, ६ बैसाख । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज (सोमबार) मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रले आजै उनलाई दिएको समर्थन फिर्ता गर्नुका साथै माओवादी मन्त्रीहरुले राजीनामा दिएका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य मुख्यमन्त्री शंकर पोखरेलतिर लागेका छन् । आजै माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गराएको छ । ‘जसपाका चार जना सांसदलाई मन्त्री बनाउने तयारी छ,’ पोखरेल निकट स्रोतले भन्यो ।

उनका अनुसार जसपा सांसदहरु विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई मन्त्री बनाउन लागिएको हो । सांसद कल्पना पाण्डेले आज दर्ता गरिएको अविश्वास प्रस्तावमा आफू सहभागी नरहेको बताइन् । नव नियुक्त मन्त्रीहरुको आजै ४ बजे सपथग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७