काठमाडौं उपत्यकामा ६३४ सहित १,२८१ जनामा कोरोना संक्रमण, आठको मृत्यु


६ बैशाख २०७८, सोमबार
korona

काठमाडौं, ६ बैसाख । नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५४८ जनाको परीक्षण गर्दा एक हजार २८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर परीक्षणमा एक हजार २८१ र एन्टिजेनमा ५४ गरी एक हजार २८१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ७ हजार २५४ जना आइसोलेसनमा छन् । यसअघि आइतबार एक हजार ९६ जना कोरोना संक्रमित भेटिएका थिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

यस्तै हालसम्म २३ लाख ५२ हजार ५ सय २ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आठ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ । हाल ८१ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ६३४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७