ओलीको राजनीतिक प्रतिवेदन : जुनसुकै बेला निर्वाचन हुन सक्छ, तयारी रहनुस्


६ बैशाख २०७८, सोमबार
kp oli 2 scaled

काठमाडौं, ६ बैसाख । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आज (सोमबार) बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् । बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पास भएको छ । ओलीको प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्थाबारे व्याख्या गर्दै पार्टी एकीकरण केही व्यक्तिका कारण असफल भएको निष्कर्ष निकालिएको छ ।

त्यस्तै सरकारका ३ वर्षे कामको समीक्षा पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । जसमा तीन वर्षमा सरकारले महत्वपूर्ण काम गरेको दावी गरिएको छ । त्यस्तै प्रतिवेदनमा आगामी कार्यभारका रुपमा पार्टी संगठन विस्तार, विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रुपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने उल्लेख छ । ‘कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन अध्यक्षले निर्देशन दिनु भएको छ’, बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले माधव नेपालसहित कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ८ जना नेतालाई अन्तिम पटक स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । त्यसैगरी महासचिव ईश्वर पोखरेलले बैठकमा पेश गरेको सांगठानिक प्रतिवेदनमा भदौभित्र जिल्ला, वडा हुँदै मंसिरमा महाधिवेशनमा गर्ने गरी कार्यतालिका पारित पारित भएको छ । एमालेको अर्को बैठक वैशाख १० गते बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७